logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकाबाट लकडाउन उल्लंघन गर्ने २३ सय जना पक्राउ


अंकुरण खबर
910
Shares

प्रहरीले काठमाडौं उपत्यकाबाट लकडाउन उल्लंघन गर्ने २ हजारभन्दा बढीलाई बुधबार बिहानै नियन्त्रणमा लिएको छ ।

महानगरीप प्रहरी आयुक्त कार्यालय रानीपोखरीले उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट बिहानै २ हजार ३ सय १ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

लकडाउन उल्लंघन गर्ने क्रम बढेसँगै प्रहरी थप आक्रामक रुपमा प्रस्तुत भएको हो । ती सबैलाई सडकमै उभ्याएर कोरोना भाइरस (कोभिड-१९) बारे सचेतना प्रशिक्षण दिएर छाडिकएको आयुक्त कार्यालयका प्रमुख डिआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

सरकारले कोरोना रोकथामका लागि लकडाउन घोषणा गर्दै अनावश्यक रुपमा घरबाहिर ननिस्कन अपिल गरे पनि त्यसको अझै पूर्ण पालना भएको छैन ।