logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

यस्ता छन् , प्रधानमन्त्री ओलीलाई गगन थापाका ११ प्रश्न


अंकुरण खबर
741
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको सम्बोधनका विषयमा नेपाली कांग्रेसका सांसद गगन थापाले ११ प्रश्न उठाएका छन्।

संसद् नचलेको समयमा सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीलाई प्रश्न सोध्नुपरेको थापाले बताएका छन्। उनले प्रधानमन्त्रीले सम्बोधनमा समेटेका थुप्रै बुँदाहरू प्रस्ट हुनुपर्ने धारणा राखेका छन्।

सांसद् थापाले बन्दाबन्दीमा बस्न जनता तयार भए पनि यसबाट चाँडोभन्दा चाँडो पार लगाउन सरकार तत्पर नभएको बताएका छन्।

प्रधानमन्त्रीले भनेअनुसार ¥यापिड टेस्ट गर्ने किटको गुणस्तर, नमुना संकलन गर्ने विधि र प्रक्रिया, परीक्षणका लागि आवश्यक जनशक्ति, उनीहरूको सुरक्षा र तालीमलगायत विषय प्रष्ट हुनुपर्ने थापाको प्रश्न छ।

त्यस्तै, सीमानाकामा रहेका नेपालीको सुरक्षा, स्वास्थ्य परीक्षण, नेपाल ल्याउने तयारीलगायत विषय पनि उठान गरेका छन्।