logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


अंकुरण खबर
728
Shares

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालबन्दी नगरपालिका(१३ करमदन्ती बस्ने ३० वर्षीय चन्द्र बहादुर वाईबालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित कुवामा पानी लिन गएको अवस्थामा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दी र अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।