logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सामाजिक सञ्जाल फेसबुकमा कोरोनाबारे अफवाह फैलाउने कैलालीबाट पक्राउ


अंकुरण खबर
1.092K
Shares

कैलालीको टीकापुरमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेको भन्दै सामाजिक सञ्जालमार्फत् अफवाह फैलाउने व्यक्ति पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय टीकापुरले सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइसरको संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाएको आरोपमा टीकापुर नगरपालिका २ बस्ने पवन कुमार भट्टराईलाई मंगलबार साँझ पक्राउ गरेको हो।

उनले टीकापुर नगरपालिका वडा नम्बर १ को ब्लक नम्बर १० मा संक्रमित भेटिएको भन्दै आफ्नो फेसबुक वालमा राखेका थिए।

आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकोले आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा हो ।