प्रहरीले लकडाउनका बेला नक्कली पत्रकार बनेर मोटरसाइकल चलाउने एक जनालाई दाङको तुलसीपुरबाट पक्राउ गरेको छ ।
बुधबार तुलसीपुर उप-महानगरपालिका ६, हात्तीखौवा खण्डमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा तुलसीपुर १७ का २८ वर्षीय मेघराज सुनार बा.८७प १००६ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका हुन् ।
जाँच गर्ने क्रममा उनले पत्रकार हुँ भन्दै फोटोसहितको परिचयपत्र देखाएपछि त्यस सम्बन्धमा बुझ्दा उनले अर्कै व्यक्तिको परिचयपत्र बोकेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।