logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगञ्ज कारागारबाट ३३ कैदीबन्दी छाडिए


अंकुरण खबर
1.001K
Shares

देशमा बढ्दै गएको कोभिड-१९ का कारण वीरगञ्ज कारागारले दुई भारतीयसहित ३३ जना कैदीबन्दीलाई छाडेको छ ।

सर्वोच्च अदालतले एक वर्षभन्दा कम सजाय भोग्न बाँकी कैदीबन्दीलाई दिनको ३०० रूपैयाँ जरिवाना तिराएर छाड्ने निर्णय गरेपछि जिल्ला अदालतमा त्यसअनुरूप दिएको निवेदनअनुसार ३८ जनामध्ये ३३ जनालाई छाडिएको जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए।

बाँकी पाँचजना कैदीबन्दी सजाय भुक्तानका लागि अदालती प्रक्रियामा छन्। छुट्ने कैदीमध्ये विशेष गरी बहुविवाह, सवारी ज्यान, कुटपिट, कीर्ते, ठगी, लागुऔषध, चेलीबेटी बेचविखनलगायत मुद्दामा सजाय काटिरहेका कैदी भएको बताइएको छ। रासस