Breaking Newsसाहित्य

विष्णु थापाको कविता “कोरोना सर्वत्र तेरै छ त्रास”

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले विश्वभर महामारीको रुप लिएको छ । हालसम्म विश्वका २०९ देशमा फैलिएको यो भाइरसका कारण विश्वभर मृतकको संख्या ८९ हजार पुग्न लागेको छ भने, संक्रमितको संख्या १५ लाख नाघेको छ । कोरोनालाई परास्त गर्र्नको लागि नेपालमा लकडाउन जारी छ । लकडाउनको सदुपयोग गर्दै कोरोना भाइरसलाई समेटेर लेखक विष्णु थापाले यस्तो कविता सृजना गरेका छन् …

कोरोना सर्वत्र तेरै छ त्रास…

गतिशील विश्व,
चमत्कारीक युग,
विज्ञानको जगत,
अणु परमाणुको तिव्र विकास
तर पनि संसारभर अदृश्य जीवाणुको त्रास
हजारौंको मृत्यु, खरबौं आर्थिक ह्रास ।
कोरोना सर्वत्र तेरै छ सन्त्रास…

विमानदेखि रोवर्टसम्मको यान,
हजारौं कि.मी मार हान्नसक्ने क्षेप्यास्त्रको निर्माण
र पनि कोरोना तैले विज्ञानलाई नै चुनौती दिएको आभास
तलाई नष्ट गर्ने औषधि किन बनाउन नसकेको खास ।

त कसरि जन्मिस् ?
कृतिम होस् वा प्राकृतिक ?
सजीव होस् वा निर्जीव ?
जसरी आएपनि हामी जित्छौं तलाई
तलाई जित्दा युगौ युगसम्म विश्वको हुन्छ भलाई ।

विश्वलाई जित्ने हामी वीर गोर्खाली
शीर उच्चपारी बसेका नेपाली
हे कोरोना नेपालीलाई किन छोइस् तैले
नेपालीको तातो,रातो रगतमा त परास्त हुन्छस् जहिले ।

अदुवा,लसुन,जिम्बु ,ज्वानो,बेसार,कागती पानी, उमालेर खाई
तुलसी,मरीज,ल्वाड.,सुकुमेलले पचाइदिन्छौं तलाई
सागसब्जी,माछा,मासु खान्छौ राम्ररी पकाएर
सकेसम्म बाहिरा जादैनौं, जानै परे मास्क,पञ्जा,सेनिटाइजर लगाएर l

नेपालीले विश्व देखेको छ तँलाई देखेको छैन भन्ठानीस् ?

तँलाई हाम्रो देशको प्रकितिले देख्छ
हाम्रो धर्म संस्कृतिले छेक्छ
त्यसैले त हामी हात मिलाउदैनौ,नमस्कार गछौं
सरसफाईमा ध्यान दिई तँलाई परास्त पाछौं
लाखौं जरुबुटीको सुगन्ध फैलिएको मेरो आकाशमा
कोरोना नष्ट हुन्छस् तँ प्रकृतिको शक्तिमा l

आत्मबल बलियो पार्यौ कोरोनालाई जित्न
घरमै बसौं सबै जना नजाउँ कोही भीडमा
सबै जना सचेत बनौं, तत्पर रहुँ सहयोग गर्न
कतैबाट दिनु हुन्न कोरोनालाई सर्न l

तेरो आगमनले…
विश्वमा,
घमण्ड त्यागी सद्भावको बीज जगाइदिएको छ
संसारमा मानवता नै ठुलो हो भन्ने पाठ सिकाएको छ
तँसंग लड्नको लागि विश्व एकजुट भएको छ
तेरो पराजयसंगै मानव वस्ती झन सुन्दर र संवृद्ध हुनेछ ll

Comments (1)

  1. Kada prahar sabda haru ko …super bishnu …..

Comment here