logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनको बेला भिड भएपछि आजदेखि कालीमाटी तरकारी बजार बन्द


अंकुरण खबर
3.315K
Shares

कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार आजदेखि बन्द भएको छ । काठमाडौं महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो ।

बजारमा आजदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै हुनेछ । महानगरपालिकाले लकडाउन अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ ।

साथै तरकारी बिक्रीका लागि आवश्यक स्थान भने महानगरपालिकाले उपलब्ध गराउने जनाएको छ । काठमाडौँको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध भएको महानगरपालिकाले जनाएको छ ।