logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बहराइनमा थप १० जना नेपालीमा कोरोनाको संक्रमण, संक्रमित संख्या २२ पुग्यो


अंकुरण खबर
1.664K
Shares

बहराइनमा थप १० जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ।

बहराइनको मनामा स्थित नेपाली दुतावासले बुधबार बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीमा कोरोना भाइरसको संक्रमण फेला परेको जानकारी गराएको हो।

यसअघि बहराइनमा १२ जना नेपालीमा कोरोान भाइरसको संक्रमण भेटिएको थियो। योसँगै बहराइनमा कोरोना संक्रमितको संख्या २२ पुगेको हो।

केही समयअघि एक क्याम्पमा रहेका विदेशी नागरिकलाई कोरोना भाइरसको संक्रमणको पुष्टी भएपछि त्यहाँ कार्यरत ४०० जनालाई क्वारेन्टाइनमा राखिएको थियो। उनीहरुको कोरोना परीक्षणका क्रममा थप १० नेपालीलाई कोरोना भाइरसको संक्रमणको पुष्टी भएको जनाएको छ ।