logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनको १६ औं दिन बुधबारः उपत्यकाबाट ४५६ सवारी साधन नियन्त्रणमा


अंकुरण खबर
1.768K
Shares

सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।

लकडाउनको १६ औं दिन बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ४५६ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ४२३ दुई पांग्रे र ३३ चार पांग्रे रहेका छन् ।

महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाईन्ट राखि सवारी साधनहरु चेकजाँच गर्ने व्यवस्था मिलाएको छ । भित्रि एरियाको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको छ ।

देश व्यापी रुपमा लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिएको र आगामी दिनमा बाहिर ननिस्कने प्रतिबद्धतासहित बेलुका उक्त सवारी साधन छाड्ने गरिएको महाशाखाले जनाएको छ ।