logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लामो समय बन्द रहेको तातोपानी नाकाबाट भित्रियो सेनेटाइजर र मास्क


अंकुरण खबर
715
Shares

चीनमा कोरोना भाइरस संक्रमण देखिएपछि बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाकाबाट पहिलोपटक सेनेटाइजर र मास्क भित्रिएको छ ।

बुधबार साँझदेखि खुलेको नाकाबाट १० बाकस सेनिटाइजर र १९ बाकस मास्क भित्रिएको हो । गएको मघ १३ ददेखि बन्द भएको नाका अत्याबस्यक सामान ल्याउनको लागि हिँजोदेखि सञ्चालनमा आएको हो ।

विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको हेल्थडेस्क राखेर नाका खोलिएको अधिकारीहरुले बताएका छन् ।

नेपाल सरकारले अघिल्लो हप्ता नै चीनतर्फका तातोपानी र रसुवागढी नाका खोल्ने निर्णय गरेपनि चिनियाँ अधिकारीहरुले चीन सरकारले आधिकारीक जानकारी नआएकोले खोल्न दिएका थिएनन् ।  तर परराष्ट्र मन्त्रालयले चीन सरकारसँग समन्वय गरी अत्यावस्यक सामान ल्याउन नाका खुलाएको छ ।