logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भारतको धार्मिक सभाबाट आएका सुनसरीका ४ जनाको स्वाव परीक्षणका लागि लगियो धरान


अंकुरण खबर
1.105K
Shares

भारतको दिल्लीस्थित धार्मिक सभामा सहभागी भएर फर्किएको आशंकामा सुनसरीका ४ जनालाई स्वाव परीक्षणको लागि धरान लगिएको छ ।

तीमध्ये एक जना धरानकै भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । उनीहरुलाई बुधबार धरान १३ फुस्रेस्थित सैनिक महाविद्यालयको क्वारेन्टाइनमा राखिएको प्रशासनले जनाएको छ ।

उनीहरुमध्ये मध्ये २ जना इनरुवाका हुन् भने एक जना दक्षिणी भेग हरिनगराका छन् ।

यसअघि धार्मिक सभामा नेपालबाट पनि १९ जना सहभागी भएको भारतीय मिडियाहरुले सार्वजनिक गरेका थिए।