logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

तुलसीपुरमा घरभित्रै महिला मृत फेला


अंकुरण खबर
845
Shares

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ हात्तीलोटेमा एक महिला मृत फेला परेकी छन्।

स्थानीय ४४ वर्षीया देविसरा पुन बिहीबार घरभित्रै मृत फेला परेका हुन् । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरीको टोली जाँदै छ।

कोही नभएको घरमा महिला मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।  घटनास्थलमा रहेका असई माधव श्रेष्ठले ‘गएराति श्रीमान तल्लो तलामा र श्रीमती माथिल्लो तलामा सुतेको भन्ने बुझिन आएको छ,’ ‘बिहान हेर्दा पुन मृत फेला परेको भन्ने छ।’

श्रीमान गाउँतिर गएको र छोरा कपुरकोटतिर गएको अवस्थामा पुन घरभित्र मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको छ ।