logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साउदीको कोरोना संक्रमित तीन नेपाली निको भएर काममा फर्किए


अंकुरण खबर
689
Shares

साउदी अरबमा कोरोना भाइरसबाट संक्रमित भएका ३ नेपाली निको भएर नियमित काममा फर्किएका छन् ।

रियादस्थित नेपाली दूतावासका अनुसार सफल स्वास्थ्य उपचारपछि नियमित काममा फर्किएको बताएको छ । उनीहरु बुधबार क्याम्पमा फर्केका थिए । निको भएर काममा फर्किएका नेपालीसँग नियमित सम्पर्कमा रहिरहेको दूतावासले जनाएको छ ।

एकजनाको अवस्था भने सुधारोन्मुख छ । नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ ।

दूतावासका अनुसार साउदीमा बुधबार थप १३७ जनालाई पोजेटिभ देखिएको छ । साउदीमा संक्रमितको संख्या २९ सय ३२ पुगेको छ । हालसम्म ६३१ जनालाई निको भएको छ ।

दूतावासले काम गर्दा, हिँड्डुल, उठबस वा बजार गर्दा पूर्ण सावधानी तथा एकअर्काबीच दूरी कायम गर्न त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेको छ ।