logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन उल्लंघन गरेर नेपाल भित्रिएका १४ भारतीय पक्राउ


अंकुरण खबर
767
Shares

लकडाउन उल्लंघन गरेर नेपाल भित्रिएका १४ भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई सप्तरीबाट नियन्त्रणमा लिएको हो ।

सप्तरीको अग्निसाइर कृष्णा सावरण गाउँपालिका ६ चाँदनी चोकस्थित चौतारामा बुधबार राति सुतिरहेको अवस्थामा स्थानीयहरुले उनीहरुलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ पर्नेहरुमा २२ वर्षीय मोहम्द सलीम, १९ वर्षीय इस्तियाक, २५ वर्षीय अजरत, २५ वर्षीय गेजिस, १९ वर्षीय बारिस, २२ वर्षीय सबीर, २५ वर्षीय शोखिमान, २४ वर्षीय मुस्बिर, २५ वर्षीय मगम, २२ वर्षीय तेजाव, १९ वर्षीय सम्साद, १८ वर्षीय नासिस, २२ वर्षीय नाजिब र २४ वर्षीय साहद छन् ।

प्रहरीका अनुसार नियन्त्रणमा लिएका सबै भारतको बिहार राज्य अन्तर्गत अररिया जिल्लाका छन् ।