logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनका कारण रोकिएकाहरूलाई भोलि र पर्सि काठमाडौं बाहिर जान दिने सरकारको निर्णय


अंकुरण खबर
832
Shares

लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि (उपत्यका) काठमाडौं बाहिर जान दिइने भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

लकडाउन थप लम्बिने सम्भावना भएसँगै सरकारले काठमाडौंमा आपूर्तिमा पनि समस्या आउन सक्ने भन्दै गाउँ फर्कन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको जनाइएको छ ।

कोरोनाभाइरस संक्रमण रोकथामका लागि सरकारले केही दिनदेखि लकडाउन आह्वान गरेको छ । लकडाउन भएसँगै काठमाडौंमा बसिरहेका धेरै मानिसहरु हिँडेर नै बाहिर जान खोजिरहेका छन् । दिउँसोमा हिँड्न नपाउने भएपछि राति टाढा-टाढाको यात्रामा निस्किएका समेत छन् ।