logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

अर्घाखाँचीमा कोरोना संक्रमणको आशंकामा पठाइका ८ जनाको रिर्पोट नेगेटिभ


अंकुरण खबर
975
Shares

अर्घाखाँचीबाट कोरोनाको संक्रमणको आशंकामा स्वाब परीक्षणका लागि पठाइका ८ जनाको रिर्पोट नेगेटिभ आएको छ।

कोरोना संक्रमितसँगै विमानमा आएका र उनीहरुसँग सम्पर्कमा आएका गरी अहिलेसम्म ८ जनालाई कोरोना परीक्षणका लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको थियो।

परीक्षणका लागि पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर कपिल गौतमले बताए।

कोरोना भाइरस संक्रमण हुन सक्ने आशंकामा सन्धिखर्कको आइसोलेसनमा राखिएका ३ जना घर फर्किएका छन् । १४ दिनसम्म राख्दा कोरोना संग मिल्दाजुल्दा कुनै लक्षण नदेखिएपछि उनीहरुलाई घरमा पठाइएको जनाइएको छ । जिल्लाभर ३४ जनालाई क्वारेन्टाइनमा राखिएको छ।