लकडाउनका कारण उपत्यका बाहिर जान नपाएकालाई उपत्यका बाहिर जान दिने निर्णय सरकारले परिवर्तन गरेको छ ।
निर्णय गरेको डेढ घण्टा नहुँदै प्रदेश सरकारहरुको विरोध र व्यवस्थापनमा समस्या देखिए पछि संघीय सरकारले यो निर्णय परिवर्तन गरेको हो ।
रक्षा मन्त्रालयमा गरिएको पहिलो चरणको बैठकबाट २ दिनलाई बाहिर जान दिने निर्णय लिइएको थियो । तर, दोस्रो चरणमा गृह मन्त्रालयमा चलेको बैठकले व्यवस्थापनमा समस्या परेपछि निर्णय उल्ट्याइएको हो । उपत्यकामा धेरै मानिस अलपत्र परेकाले उपत्यका बाहिर जान दिने गृहकार्य गरेको थियो ।
यातायात व्यवसायीहरुले पनि भोलि र पर्सि पठाउन सम्भव नभएको बताएपछि सरकार यो निर्णयबाट पछि हटेको हो ।