logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण ९५ हजार ७१४ को मृत्यु


अंकुरण खबर
741
Shares

कोरोनाका कारण विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ७१४ पुगेको छ ।

विश्वका २०९ देशमा फैलिएको कोरोनाबाट बितेको २४ घण्टामा मात्रै ७ हजार २३४ मृत्यु भएको छ भने ८५ हजार १० नयाँ संक्रमित फेला परेका छन् ।

योसँगै कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ३ हजार ४२८ पुगेको छ । संक्रमितमध्ये ३ लाख ५६ हजार ४४० जना उपचारपछि घर फर्किएका छन् ।

कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा आजमात्रै ३३ हजार ५३६ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ६८ हजार ५६६ पुगेको छ ।अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ६९१ पुगेको छ ।