logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम :  केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना


अंकुरण खबर
3.471K
Shares

देशको पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो देशको पहाडी भूभागका केही स्थानमा आँशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यस्तै शुक्रबार राति देशको पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

पश्चिमी पहाडी भूभागका केही स्थानमा भने राति पनि मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।