सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।
लकडाउनको १७ औं दिन बिहीबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ४३५ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ४०९ दुई पांग्रे र २६ चार पांग्रे रहेका छन् । महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि सवारी साधनहरु चेकजाँच गर्ने व्यवस्था मिलाएको छ ।
भित्रि एरियाको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको छ ।