logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


अंकुरण खबर
2.327K
Shares

संखुवासभामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

खाँदबारी नगरपालिका-२ आरुबोटे बस्ने १९ वर्षीय महेश बिकको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बिहीबार राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।