प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरस संक्रमणविरुद्धको सहकार्यलाई सशक्त बनाउने सहमति भएको छ।
दुई मुलुकका प्रधानमन्त्रीबीच शुक्रबार टेलिफोन वार्तामा यस्तो सहमित भएको हो । यस्तै लकडाउनका कारण एक अर्को मुलुकमा रोकिएका नागरिकलार्इ आ-आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिएको प्रधानमन्त्री ओलीले ट्विटमार्फत जानकारी दिएका छन्।
भारतीय प्रधानमन्त्री मोदीले पनि आफूले प्रधानमन्त्री ओलीसँग कोरोना भाइरस संक्रमण जोखिमको अवस्थाबारे छलफल गरेको जानकारी दिएका छन्। मोदीले अहिलेको चुनौतीमा लड्न नेपाली जनताले देखाएको प्रतिबद्धताको प्रशंसा गरेका छन्।
दुई प्रधानमन्त्रीबीचको वार्तामा आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज तथा सुचारु राख्न छलफल भएको छ ।
आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग @narendramodi टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं ।
— K P Sharma Oli (@kpsharmaoli) April 10, 2020