पर्वतमा बजार मूल्य भन्दा बढी मूल्य लिएर एलपी ग्याँसको कालोबजारी गरेको अभियोगमा जलजला गाउँपालिका–३ स्थित दिप्सन मेटल स्टोर्सका सञ्चालक ४० वर्षीय मीनप्रसाद रेग्मी पक्राउ परेका छन्।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण उत्पन्न परिस्थितिमा रेग्मीले बजार मूल्य भन्दा बढी मूल्य लिएर एलपी ग्याँस बेचेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले उनीविरुद्द कालोबजार तथा अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।