logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभरका अदालत लकडाउन समाप्त भएको तीन दिनपछि मात्र खुल्ने


अंकुरण खबर
1.508K
Shares

सर्वोच्च अदालतले अब लकडाउन खुलेको तीन दिनपछि मात्र देशभरका अदालत खुल्ने जानकारी गराएको छ ।

सर्वोच्चले शुक्रबार विज्ञप्ति जारी गर्दै लकडाउनको अवस्था समाप्त भएपछि तीन दिनपछि मुद्दाको नियमित सुनुवाई हुने जनाएको हो । यसअघि सर्वोच्चले चैत २८ गतेसम्मका लागि अदालत बन्द गरेको थियो । शुक्रबारबाट सो अवधि सकिएपछि सर्वोच्चले वैशाख ३ गतेसम्म देशभरका अदालत बन्द गर्ने निर्णय गरेको छ ।

अदालतको कामकारबाही व्यवस्थापन गर्न लाग्ने समयलाई मध्यनजर गरी यो निर्णय गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

वैशाख ३ पछि पनि सरकारले लकडाउन थपेमा सोही अनुरुप अदालत पनि बन्द हुने सर्वोच्चको भनाइ छ । यद्यपि, बन्दी प्रत्यक्षीकरणको निवेदन तथा गम्भीर प्रकृतिका कोभिड १९ सँग सम्बन्धित विषयका रिट निवेदनको दर्ता र सुनुवाई तथा पक्राउ अनुमति तथा जरुरी पक्राउ पुर्जीको समर्थनका काम भने निरन्तर रहनेछ ।