नेपालमा रहेका २ सय ४८ जना बेलायती नागरिकलाई आफ्नो देश फर्काइएको छ ।
लकडाउनका कारण नेपालमा अलपत्र परेका उनीहरुलाई स्वदेश फर्काइएको हो । शुक्रबार दिउँसो २ बजे विमानमा उनीहरु लण्डन फर्केको जनाइएको छ ।
टाइटन एयरको चार्टर विमान शुक्रबार नै नेपाल आएको थियो । काठमाडौंस्थित बेलायती दूतावासले झिकाएको चार्टर विमान दुबई हुँदै काठमाडौं आएको थियो ।