आज (शनिबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ भने केहीको बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३६ पैसा तोकेको छ।
आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६१ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३३ रुपैयाँ २२ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ ५८ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ७५ पैसा छ।
