logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई अस्पताल भर्ना


अंकुरण खबर
1.144K
Shares

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा नेकपा नेता डा। राजन भट्टराईको मुटुमा अचानक समस्या आएपछि महाराजगन्जस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ ।

शुक्रबार राति नै स्वास्थ्यमा समस्या आएर उनलाई अस्पताल लगिएको थियो । मुटुको भल्भमा समस्या भएपछि उनको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि उनको अवस्था सामान्य भइसकेको पारिवारिक स्रोतले जनाएको छ ।

उनको दायाँतर्फको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको र अहिले अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शनिबार बिहानै स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित प्रधानमन्त्रीका सल्लाहकारहरु अस्पताल पुगेका थिए ।