logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु


अंकुरण खबर
1.079K
Shares

सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठुलीभेरी नगरपालिका-६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकायको मृत्यु भएको छ।

शुक्रबार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरिएको र नजिकमा स्वास्थ्य संस्थासमेत नहुँदा बचाउन नसकिएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिए। असुरक्षितरूपमा घरमै सुत्केरी भएकी रोकायलाई स्थानीय स्वास्थ्यकर्मी हरिबहादुर रोकायले सामान्य प्राथमिक उपचार गरेपनि बचाउन नसकिएको हो ।

मृतक रोकायले तेस्रो बच्चा जन्म दिएकी थिइन्। आमाको मृत्यु भए पनि छोरीको स्वास्थ  राम्रो भएको बताइएको छ।