कोरोना भाइरसको प्रकोप तिव्र भएको अमेरिकामा एकैदिन २,१०० जना बढीको मृत्यु भएको छ । कोरोनाले एउटै देशमा एकैदिन मृत्यु भएको यो सबै भन्दा धेरै हो ।
अमेरिकामा संक्रमितको संख्या पाँच लाख नाघेको छ । बीबीसीका अनुसार मृतकको संख्या बढेपछि न्युयोर्क शहरमा मानिसहरुको शव राख्न ट्रेलरहरु सडकमा राखिएको छ ।
यो भाइरसका कारण सबै भन्दा धेरै मानिसको मृत्यु भएको इटलीमा भन्दा पनि अमेरिकामा मृतकको संख्या बढ्ने देखिएको छ । तर अमेरीकी सरकारले भने संक्रमण नियन्त्रणमा आईरहेको जनाउदै आएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प र केही उच्च अधिकारीले कोरोनाका कारण अमेरिकामा दुई लाख मानिसहरुको मृत्यु हुन सक्ने बताएका थिए ।