प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक आज सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारको एक्सन रुमबाट सबै मुख्यमन्त्रीहरुसँग भएको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको नियन्त्रण रोकथाम र उपचारका सन्दर्भमा स्थानीय तह र सबै प्रदेशहरुमा भइराखेका कामहरुको जानकारी लिएका थिए ।
प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत कोरोना भाइरसका कारण सरकारले गरेको लककडाउनको प्रभाव, प्रदेश र स्थानीय सरकारले गरेका कामका विषयमा मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए।
सो कन्फ्रेन्समा मुख्यमन्त्रीहरुले लकडाउनको पालना गराउन कटिबद्ध भएको र समस्यामा परेकालाई सहयोग गर्न कुनै कसर बाकी नराखेको बताएका थिए । त्यस्तै उनीहरुले लकडाउन खोलिए संक्रमण फैलिनसक्ने भएकाले लकडाउनको समय लम्ब्याउनुपर्ने धारणा राखेका थिए ।
यस्तै आवश्यक स्वास्थ्य सामग्रीहरु प्रदेश सरकारलाई पढाउन पनि केन्द्र सरकारलाई बनेको थियो । भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले सीमा नाकामा कडाइ गर्न पनि निर्देशन दिएका थिए ।