भारतमा कोरोना भाइरस आइसोलेसन वार्डमा २५ वर्षीय युवतीमाथि बलात्कार भएको छ ।
भारतको गया जील्लाको अनुराग नारायण महत अस्पतालमा रक्तश्राव भएपछि गर्भपतन गराउन गएकी २५ वर्षीय युवतीमाथि बलत्कार भएको हो ।
उनलाई उपचारको क्रममा कोरोना संक्रमण देखा परेको आशंकामा आइसोलेसन वार्डमा राखिएको थियो । तर पछि युवतीको परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि उनलाई डिस्चार्ज गरिएको थियो । डिस्चार्ज पछि उनले आफूमाथि चिकित्सकले बलात्कार गरेका कारण रगत नरोकिएको आरोप लगाइन् ।
उनको आरोपका आधारमा गया प्रहरीले अस्पतालको सीसीटिभी फूटेज नियन्त्रणमा लिई अनुसन्धान गर्दा दुई जना मानिस चिकित्सकको पोशााक लगाई युवती रहेको आइसोलेसन वार्डमा पसेर युवतीको बलात्कार गरेको देखियो । प्रहरीले अहिले ती दुवै आरोपीलाई प्रहरीले हिरासतमा लिई अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
त्यी युवतीको अत्याधिक रक्तश्रावका कारण गत अप्रिल ६ मा मूत्यु भएको थियो ।