logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या १२ पुग्यो


अंकुरण खबर
988
Shares

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार तीन जना भारतीय नागरिकको पर्साबाट ल्याइएका  स्वाव परीक्षण गर्दा संक्रमण देखिएको हो । उनीहरुको पहिले हेटौडामा परीक्षण गर्दा कोरोनाको संक्रमण आशंका गरिए पछि पुन: काठमाडौंको टेकु अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

शनिबार दिउसो ११ बजेको रिपोर्ट पोजेटिभ देखिएपछि पुनः परीक्षण गरिएको थियो । उनीहरु तीनै जनालाई शुक्रबारदेखि नारायणी अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरिदैछ ।

उनीहरु सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएका थिए । लकडाउनका कारण घर जान नपाएका उनीहरु कोरोनाको आशंकामा आफै परीक्षण गर्न अस्पताल पुगेका थिए ।

वागमती प्रदेशको राजधानी हेटौंडाको किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएकोमा ३ जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने निर्क्यौल गर्न नसकेपछि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै थप सचेतना अप्नाउन सरकारले बारम्बार आग्रह गरिरहेको छ ।