logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

नयाँ वर्षको दिन पहाडी क्षेत्रको केही ठाउँमा हुरीबतास सहित पानी पर्ने सम्भावना


अंकुरण खबर
949
Shares

नयाँ वर्षको दिन भोलि (सोमबार) पहाडी क्षेत्रको थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको आंशिक प्रभावले भोलि पहाडी क्षेत्रको मौसम आंशिक देखि सामान्य बदली भइ थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना  रहेको छ ।

मौसमविद्का अनुसार मध्य तथा पूर्वी पहाडी क्षेत्रको तुलनामा पश्चिमी पहाडी क्षेत्रमा अलि धेरै पानी पर्नेछ ।

आज भने पहाडी क्षेत्रको एक/दुई ठाउँमा दिउँसोपछि एकैछिन पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् । तर एक ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्नेछ । यो प्रिमनसुन अर्थात मनसुनअघिको मौसमको विशेषता हो ।

आज तराईको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्को भनाइ छ ।