logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकैदिन कोरोनाबाट ४० जनाको मृत्यु, मृत्यु हुनेको संख्या २३९ पुग्यो


अंकुरण खबर
832
Shares

चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड-१९) भाइरसका कारणबाट भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४० जना मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण भारतका विभिन्न राज्यमा अहिलेसम्म २३९ जनाको मृत्यु भएको छ ।

बीबीसी हिन्दीका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ४७ पुगेको छ । तीमध्ये ६ हजार ५ सय ६५ जना अहिले पनि अस्पतालमै छन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जारी लक डाउन थप्ने विषयमा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग शनिबार भिडिओ कन्फरेन्स गरेका छन् ।

उक्त कन्फरेन्सका क्रममा मुख्यमन्त्रीहरुले लक डाउन थप्नुको विकल्प नरहेको बताएका थिए ।