logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेलायतमा फेरि कोरोनाबाट अर्का पूर्व गोरखा सैनिकको मृत्यु


अंकुरण खबर
806
Shares

कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ ।

स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको हो ।

मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आएका थिए। चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले जानकारी दिए ।