logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाग्लुङमा जाँच गरिएका ५०३ रिपोर्ट नेगेटिभ


अंकुरण खबर
715
Shares

बाग्लुङमा कोभिड-१९ को दु्रत जाँच (¥यापिड डाइग्नोस्टिक टेस्ट) गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

बिहीबार १२, शुक्रबार ९४ र शनिबार ३९७ जनामा गरिएको टेस्ट सबै नेगेटिभ आएको हो।

शनिबार बाग्लुङ नगरपालिकाका ७७, बडिगाड गाउँपालिकाका ११४, निसीखोला गाउँपालिकाका ११५ र ढोरपाटन नगरपालिकाका ७७ जनामा जाँच गरिएको थियो। जाँच गरिएका सबै विदेशबाट आएका व्यक्ति हुन्।

बाग्लुङ नगरपालिकामा कूल १९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिकामा ८६, निसीखोला गाउँपालिकामा १०३, काठेखोला गाउँपालिकामा ५६, बडिगाड गाउँपालिकामा १६१, गलकोट नगरपालिकामा १२८ र ताराखोला गाउँपालिकामा ३३ जनामा कोभिडको दु्रत जाँच गर्ने तयारी गरिएको छ।

जाँचका लागि जिल्लाभर स्वास्थ्यकर्मीको चार टोली परिचालित छन्। रासस