पोखरा उपमहानगरपालिका वडा नं. ११ पुरानधारा डेरा गरी बस्ने गोरखा आरुघाट गाउँपालिका वडा नं. ५ घर भएका ४९ वर्षीय खड्क बहादुर गुरुङले संचालन गरेको गोरखा एण्ड खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नगद २२ हजार ५ सय ४५ रुपैयाँ र ३ बुक तास सहित बरामत गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।