logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पैदल हिंडेरै घर जान खोज्ने ४२ जना पक्राउ, क्वारेन्टाइनमा राखियो


अंकुरण खबर
1.391K
Shares

लकडाउनका कारण रोकिएपछि हिंडेरै घर जान खोज्ने ४२ जनालाई नियन्त्रणमा लिइएको छ ।

बुटवलबाट पैदल हिंडेर कैलालीको टीकापुर जान लागेका उनीहरुलाई सेैनामैनामा स्थानीयले छेकेका हुन् । बुटवलबाट उनीहरु लुक्दै छिप्दै त्यहाँसम्म पुगेका थिए । उनीहरु सबै लकडाउनका कारण काममा जान नपाएका मजदुरहरु रहेको बताइएको छ ।

स्थानीयले प्रहरीमा खबर गरेपछि नियन्त्रणमा लिएर ती सबैलाई नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले सबैलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।

मजदुरहरुले लामो समय काममा जान नपाएको र भएको पैसासमेत सकिएकाले हिंडेरै घर जान चाहेको बताएका छन् ।