विश्वभर फैलिएको कोरोना महामारी (कोबिड–१९) बाट शनिवार साँझसम्म १४ जना गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको ज्यान गएको ‘कोभिड १९’एनआरएनए उच्चस्तरिय समितिका प्रेस संयोजक चिरन शर्माले जनाएका छन् ।
स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित छन् ।