logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनमा हरिण मार्ने दुई जना पक्राउ


अंकुरण खबर
624
Shares

लकडाउनको मौका छोपी सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षबाट हरिण मारेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

नेपाली सेनाले शनिबार साँझ सुनसरीको बराहक्षेत्र नगरपालिका–९, श्रीलंका टापुको नारायणपुर भन्ने स्थानबाट मारेको हरिणसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।

शिकार गर्दै गरेको जानकारी पाएपछि नेपाली सेना र आरक्ष कर्मचारीको संयुक्त टोलीले श्रीलंका टापुको नारायणपुर बस्ने ३० वर्षीय सन्तोष कविरथ र ४० वर्षीय दोमा कविरथलाई पक्राउ गरिएको हो।

पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीको लागि कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहामा बुझाएका प्रहरीले जनाएको छ । लकडउनको मौका छोपी चोरी, शिकारी गर्नेहरुका लागि सेनाले विशेष निगरानी गरेको जनाइएको छ।