logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खोटाङमा चट्याङ लागेर दुईको मृत्यु, नौँ घाइते, पाँच गम्भीर


अंकुरण खबर
1.027K
Shares

खोटाङमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।

जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं .१, फेदीको तोमानेमा शनिबार राति चट्याङ पर्दा ३८ वर्षीया निर्मला बिक र १५ वर्षीय राजमणि राईको निधन भएको हो ।

फेदीमा २ जनाको मृत्यु भएको छ २ जना गम्भीर घाइते भएको खोटाङका संघिय सांसद विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार  घाइतेको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

घाइते हुनेमा मृत्यु हुने निर्मलाकै छोरा आसन बिक र छोरी मनकला बिक रहेको खोटाङ प्रहरीले जनाएको छ।