logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन उल्लङ्घन गरेको आरोपमा चारजनाविरुद्ध मुद्दा दर्ता


अंकुरण खबर
624
Shares

सरकारले घोषणा गरेको लकडाउनको अवज्ञा गरेको आरोपमा दाङमा चारजनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

उनीहरूविरुद्ध संक्रमक रोग ऐन २०२० अन्तर्गत मुद्दा दर्ता गरिएको हो । प्रहरीले दाङ शान्तिनगर गाउँपालिका २ का २३ वर्षीय दिनेश भण्डारी, बबई गाउँपालिका ६ का १९ वर्षीय दिलबहादुर डाँगी, तुलसीपुर उपमहानगरपालिका १० का २५ वर्षीय कुमार बस्नेत र ३२ वर्षीय रनदीप न्यौपानेविरुद्ध मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी सुमित खड्काले लकडाउन उल्लङ्घन गर्दै हिँडेको र प्रहरीले सम्झाउँदा समेत नमानेपछि कानुनी कारबाही अगाडी बढाइएको बताए ।