logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वराजा शाहले कोरोना कोषमा जम्मा गरे २ करोड


अंकुरण खबर
1.469K
Shares

पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथाम, राहत तथा उपचार कोषमा २ करोड रुपैयाँ उपलव्ध गराएका छन् ।

पूर्व राजा शाहले उक्त रकम हिमानी कोषमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईंलाई उपलव्ध गराएका हुन् । हिमानी कोषका कर्मचारीहरुमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईँले उक्त रकम बराबरको चेक बुझेका हुन् ।

रकम हस्तान्तरण गर्दै हिमानी कोषले जम्मा गरेको उक्त रकम कोभिड-१९ महामारीबाट नेपालीलाई बचाउन उक्त रकम सही सदुपयोग हुने विश्‍वास पूर्वराजा शाहले विश्‍वास लिएको जनाएको छ।