आज (सोमबार) नयाँ वर्ष २०७७ वैशाख १ गते । नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन्।
संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि समर्थन जनाउदै अत्यावश्यक सेवामा खटिने चिकित्सक, नर्स तथा अत्यावश्यक सेवा प्रदायकहरुको सम्मानमा आज राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत यस्तो भनेका हुन् ।
"Play the National Anthem!
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!"
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।" pic.twitter.com/vASxaoXtnB— K P Sharma Oli (@kpsharmaoli) April 12, 2020