logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नयाँ वर्ष २०७७ का अवसरमा आज घर-घरमा गुञ्जियो राष्ट्रिय गान र ताली


अंकुरण खबर
1.3K
Shares

नयाँ वर्ष २०७७ का अवसरमा आज बिहान ८ बजे घर-घरमा राष्ट्रिय गान र ताली गुञ्जिएको छ।

ग्लोबल कम्प्याक्ट नेपालको आयोजनामा ‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ’ अभियान स्वरुप नेपालीका घरघरमा राष्ट्रिय गान र ताली गुञ्जिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उक्त अधियानमा साथ दिन सबैमा अपिल गरेका थिए ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको सम्मानमा तालिसमेत बजाइएको हो।