logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोजपुरमा लकडाउन उल्लङ्घन गर्ने ४३ जना नियन्त्रणमा


अंकुरण खबर
858
Shares

लकडाउनको समयमा बिना काम घरबाहिर निस्किएका ४३ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

सदरमुकाम तथा आसपासका क्षेत्रबाट नियन्त्रणका लिइएकाहरुमा १०‌ जना महिला ३३ जना पुरुष रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको परिसरमा ल्याएर कोभिड-१९ बाट बच्न अपनाउनुपर्ने सावधानीबारे सचेतना कक्षा दिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

उनीहरुलाई अब फेरि लकडाउन उल्लङ्घन नगर्ने शर्तमा छाडिएको हो ।