धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकामा ५० जनाको ऱ्यापिड टेस्ट (आरडीटी किट) बाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गरिएको छ ।
शनिवार १० र आइतबार ४० गरि ५० जनाको ऱ्यापिड टेस्ट गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिए ।
भारतबाट फर्किएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा १४ दिन बसाइ पूरा गरेका नीलकण्ठ नगरपालिका वडा नं ६ भोर्लेका मानिसहरुको घरमै गएर परीक्षण गरीएको थियो ।
आइतबार भने वडा नं. ५ स्थित देउराली र फ्याक्से (साविकको खाल्टे ६० का ४) जनामा कोरोना भाइरसको परीक्षण गरिएको र नतिजा सबै नेगेटिभ आएको स्वास्थ्य संयोजक रिजालले जानकारी दिए ।