कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका मजदुरलाई एपेक्स वर्डवाइट एक्सप्रेस ग्लोबल लोजिस्टिक प्रा.लि.ले खाद्यन सहयोग गरेको छ ।
आइतबार एपेक्सका मेनेजिड. डाइरेक्टर दुर्गा सुवेदीले प्रमुख भन्सार प्रशासक विष्णुराज ढकालमार्फत विमानस्थलका एक्स्पोर्ट तथा इम्पोर्ट विभागमा दैनिक ज्यालादारीमा कार्यरत मजदुरहरुलाई चामाल,नुन सहयोग गरेका हुन् ।
यो विपदको घडीमा आफ्नो सहयोगले समस्यामा परेका मजदुरलाई करिब एक महिना खाना पुग्ने सुवेदीले बताएका छन् ।