logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटमा कोरोनाका थप एकजना संक्रमित फेला, संक्रमितको संख्या १४ पुग्यो


अंकुरण खबर
780
Shares

रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ ।

क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।

आज भएको परीक्षणमा कैलाली लम्कीकी ६२ वर्षीय महिला र रौतहटका एक १९ वर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

दुवैजना क्वारेन्टाइनमा बसेका थिए ।